असोज १३, २०८० शनिबार September 30, 2023

अबैध युरिया मलसहित ट्रक प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरीले अबैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको रम्भा गाउँपालिका –१ हुँगीमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बिल भर्पाइ र पास नभएको ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सो ट्रकमा १६ हजार ७४० केजी युरिया मल रहेको छ ।

शनिबार बिहान नवलपरासीबाट पाल्पा आउँदैगरेको ट्रकमा हुँगी प्रहरी खानतलासीको क्रममा लु. २ ख. ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा सो ट्रकमा अवैध मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

युरिया मल, ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया