जेठ ८, २०८१ मंगलबार May 21, 2024

कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा दुर्घटनाग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ ।

हेलिकप्टरको दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त भएको भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा यस दु:खद घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लान विरुद्ध कारबाही गरिरहेको बताउनुभयो । गल्फ क्लानलाई कोलम्बियामा लागूऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया