वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सुदूरपश्चिम प्रदेशमा हुन सकेन मन्त्रिपरिषद् विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् अझै विस्तार हुन सकेको छैन। सत्ता गठबन्धन दलबीच भएको भागबण्डा बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल गत पुस २७ गते नियुक्त भएका थिए।

पुस २८ गते नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेका सन्तोष कुमारी शर्मा थापालाई मन्त्री नियुक्त गरि सपथ खाएका थिए। नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन बाँकी छ। सत्ता गठबन्धनको मुख्य घटक नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार भई नसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बुझिएको छ। मुख्यमन्त्री रावल काठमाडौंबाट बिहीबार धनगढी फर्केका छन्।

मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सत्ता गठबन्धन दलसँग छलफल भई रहेको मुख्यमन्त्री रावलले बताए। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारमा ७ वटा मन्त्रालय रहे पनि नेकपाको विभाजनपछि राज्यमन्त्री थपेर मन्त्रीको संख्या बढाइएको थियो। मन्त्रीको संख्या ११ पु¥याइएको थियो।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार