भाद्र ३, २०८३ बुधबार August 19, 2026

सुदूरपश्चिम प्रदेशमा हुन सकेन मन्त्रिपरिषद् विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् अझै विस्तार हुन सकेको छैन। सत्ता गठबन्धन दलबीच भएको भागबण्डा बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल गत पुस २७ गते नियुक्त भएका थिए।

पुस २८ गते नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेका सन्तोष कुमारी शर्मा थापालाई मन्त्री नियुक्त गरि सपथ खाएका थिए। नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन बाँकी छ। सत्ता गठबन्धनको मुख्य घटक नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार भई नसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बुझिएको छ। मुख्यमन्त्री रावल काठमाडौंबाट बिहीबार धनगढी फर्केका छन्।

मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सत्ता गठबन्धन दलसँग छलफल भई रहेको मुख्यमन्त्री रावलले बताए। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारमा ७ वटा मन्त्रालय रहे पनि नेकपाको विभाजनपछि राज्यमन्त्री थपेर मन्त्रीको संख्या बढाइएको थियो। मन्त्रीको संख्या ११ पु¥याइएको थियो।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
२०८३ भाद्र ३, बुधबार
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार
कर्णालीमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटसहित ६ बुँदे सहमति (पूर्णपाठ)
२०८३ भाद्र ३, बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
२०८३ भाद्र ३, बुधबार
प्रेस काउन्सिलका चार सदस्यको शपथ
२०८३ भाद्र ३, बुधबार
अदालतको आदेश पछि इमरान खानलाई अदालत सारिदैँ, नौ महिना पछि भेटिन बहिनीले
२०८३ भाद्र ३, बुधबार
स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध
२०८३ भाद्र ३, बुधबार