भाद्र ४, २०८३ बिहिबार August 20, 2026

स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध

‘नु क्याम्प’ अर्थात बार्सिलोनाको घरेलु मैदानमा चार वर्षका लागि सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ भदौं । म्यानचेस्टर सिटीबाट बार्सिलोना सरुवा भएपछि स्पेनका विश्वकप विजेता रोड्रीले आफू नयाँ उत्साह पुनः महसुस गर्न तयार रहेको बताएका छन्।

सन् २०१९ मा एट्लेटिको मड्रिड छोडे यता पहिलो पटक स्पेनिस फुटबलमा फर्किएका २०२४ का ब्यालोन डी ओर विजेता रोड्रीले बार्सिलोनासँग करिब ६ करोड ५० लाख पाउन्ड को सम्झौता रकममा ‘नु क्याम्प’ अर्थात बार्सिलोनाको घरेलु मैदानमा चार वर्षका लागि सम्झौता गरेका छन्।

‘म मेरो करियरको यो नयाँ चरणलाई लिएर निकै खुसी र उत्साहित छु। यो एउटा नयाँ चुनौती हो, नयाँ कुराहरू अनुभव गर्ने र त्यो उत्साह पुनः महसुस गर्ने अवसर हो,’ रोड्रीले भने, ‘म एउटा उच्च महत्वाकांक्षी क्लबमा आएको छु, जुन मेरो व्यक्तित्वसँग साँच्चै मेल खान्छ, त्यसैले यस सिजन हाम्रा लक्ष्यहरू प्राप्त गर्न म सक्दो सहयोग गर्ने प्रयास गर्नेछु।’

जर्मन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा खेल्ने सम्भावना बारे रोड्रीले भने, ‘म यस्ता प्रशिक्षक पाउन पाउँदा खुसी छु, जसले मेरो करियरमा धेरै योगदान पुर्‍याउनेछन् भन्ने मलाई लाग्छ। यो शैली मैले पहिले अनुभव गरेको भन्दा केही फरक छ, त्यसैले यो फलदायी हुनेछ र एक खेलाडीको रूपमा मलाई अघि बढ्न मद्दत गर्नेछ।’

विश्वकप २०२६ को बिजेता टोली स्पेनको कप्तानसमेत रहेका ३० वर्षीय रोड्रीले सिटीमा ७  सिजन बिताए पछि क्लब छोडेका छन्। यस अवधिमा उनले २९८ खेल खेले र १२ वटा प्रमुख उपाधिहरू जितेका थिए, जसमा चार प्रिमियर लिग उपाधि, दुई एफए कप, तीन ईएफएल  कप र २०२३ को च्याम्पियन्स लिग समावेश रहेका छन्।

क्लबमा उनका अन्तिम दुई सिजन चोटका कारण प्रभावित भए पनि उनी यस गर्मीको विश्वकपमा उत्कृष्ट लयमा फर्किएका थिए । स्पेनले दोस्रो पटक उपाधि जित्दा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ अर्थात प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सिटीका समर्थकहरूका लागि बिदाइ सन्देशमा रोड्रीले भने, ‘हामीले हासिल गरेका उपलब्धिहरूप्रति गर्व र धेरै अविस्मरणीय क्षणहरूप्रति कृतज्ञताका साथ म क्लब छोड्दैछु, यी वर्षहरूमा हामीले सँगै गरेका कामहरू निकै विशेष र अविस्मरणीय छन्।’

‘सिटीले मलाई एक खेलाडीको रूपमा मात्र होइन, एक व्यक्तिको रूपमा पनि विकास गर्न मद्दत गर्‍यो। मैले मेरा भाइलाई म्यानचेस्टर मेट्रोपोलिटन युनिभर्सिटीबाट स्नातक गरेको देखें। मैले मेरी प्रेमिकालाई एनएचएसमा काम गरिरहेको देखें। म्यानचेस्टरले मेरो सम्पूर्ण जीवनलाई आकार दियो,’ उनले बिदाइ सम्बोधन गर्दै भने ।

रोड्री भन्छन्, ‘क्याटालान महारथी बार्सिलोनाका लागि खेल्नु एउटा सपना हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ : सभापति लामिछाने
२०८३ भाद्र ४, बिहिबार
कोशी प्रदेशसभाः विधेयक माथि सैद्धान्तिक छलफल
२०८३ भाद्र ४, बिहिबार
सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड
२०८३ भाद्र ४, बिहिबार
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
२०८३ भाद्र ४, बिहिबार
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार्न सञ्चारमन्त्रीको निर्देशन
२०८३ भाद्र ४, बिहिबार
कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो
२०८३ भाद्र ४, बिहिबार
चलचित्र ‘एक्का तीन’मा पूजा र कविताको भिडन्त, सार्वजनिक भयो एङ्ग्री लुक्स
२०८३ भाद्र ४, बिहिबार