वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

पेस्तोल,लागुऔषध र चोरिएको मोटरसाइकलसहित तीन जना पक्राउ 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चाइनिज पेस्तोल, गोली, लागुऔषध र चोरिएको मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय इटहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इटहरी–१५ का ३० वर्षीय सुजित मग्राती माझी र इटहरी १० का १९ वर्षीय मुकेश कोइरालाले चोरीको मोटरसाइकल कुदाई रहेको र पेस्तोलसमेत रहेको भनी सूचना पाए सँगै ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई इटहरी–१२ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले १ थान चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने ६ राउण्ड गोली, १५० मिलिग्राम ब्राउन सुगर, र नाईट्रोसन ट्याब्लेट तथा प्रदेश नं. १–०२–०४३ प ६८९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यसैगरी इटहरी–११ का ३३ वर्षीय मणि कुमार राईलाई मोटरसाइकल चोरी गरेको आरोपमा चोरी भएको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ ।

माघ १७ गते इटहरी–१ बाट मोटरसाइकल चोरी भएको भन्ने सूचना पाए सँगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४६ प ३१२९ नम्बरको बुलेट मोटरसाइकल सहित राईलाई पक्राउ गरेको हो । हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा ईलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया