काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशलाई लिएर नेकपा नेतृत्व तहमा विवाद उत्कर्षमा पुगेका बेला त्यसबारे छलफल गर्न तत्कालै स्थायी कमिटी बैठक डाक्न २० स्थायी कमिटी सदस्यले संयुक्त हस्ताक्षर गर्दै नेतृत्वलाई पत्र बुझाएका छन्।
तत्कालै स्थायी कमिटी बैठक बोलाउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उनीहरुले बुधबार अबेर पत्र पठाएका हुन्।
स्थायी कमिटी बैठक माग गर्नेमा ९ जना पूर्वएमाले र ११ जना पूर्वमाओवादी पूष्ठभूमिका सदस्यहरु छन्।
पत्रमा अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, रघु पन्त, गणेश शाह, हरिबोल गजुरेल, जनार्दन शर्मा, चक्रपाणी खनाल टोपबहादुर रायमाझी, देव गुरुग, देवेन्द्र पौडेल, पम्फा भुषाल,बेदराम भुषाल, भीम आचार्य, भीम रावल, सुरेन्द्र पाण्डे, मात्रिका यादव, युवराज ज्ञवाली, लिलामणि पोखरेल, मणि थापाले हस्ताक्षर गरेका छन्।
सोमबार जारी अध्यादेशले संविधान र लोकतन्त्रको मूल्यमान्यतामै धक्का लागेको र उक्त अध्यादेश फिर्ताका लागि संयुक्त आग्रह गर्नका लागि बैठक आवश्यक रहेको उनीहरुको निष्कर्ष छ। स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरु चाडोँ भन्दा चाँडो बैठक होस् भन्ने पक्षमा रहेको र अध्यादेश फिर्ताका लागि आफूहरुले नेतृत्वलाई दबाब दिने बताइन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया