श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्पेनिस ला लिगामा रियलको सहज जित

रियलले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई २–० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई २–० गोलले हरायो ।

रियलको जितमा मार्को असेन्सियो र भिनिसियस जुनियरले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा रियलले ५२औं मिनेटमा मार्को असेन्सियोको गोलमा खाता खोलेको थियो । असेन्सियोले भिनिसियस जुनियरको पासमा गोल गर्नुभएको हो ।

La Liga 2022-23: Real Madrid Beat Valencia 2-0 But Sweat Over Karim  Benzema's Thigh Injury

त्यसपछि ५४औं मिनेटमा भिनिसियसले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ७२औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । रियलका भिनिसियस जुनियरलाई फल हानेपछि भ्यालेन्सियाका गाब्रियल पौलिस्टा रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो ।

त्यसपछि थप गोल नहुँदा रियल सजिलै विजयी भयो । जितसँगै दोस्रो स्थानमा हरेको रियलले १९ खेलबाट ४५ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५० अङ्क छ । रियलसँग पराजित भ्यालेन्सिया २० अङ्कसहित १४औं स्थानमा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया