असार २८, २०८२ शनिबार July 12, 2025

अपहरण’मा परेका सांसद यादव समाजवादी पार्टीको सम्पर्कमा पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् ।

सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन ।

यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् । उनी आफूलाई काठमाडौं ल्याउने मानिसहरुबाट डराइरहेका छन् ।

बुधबार साँझ पूर्वस्वास्थ्य राज्यमन्त्री डा. यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको थियो ।

डा. यादवलाई नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोली राति ३ बजे काठमाडौं ल्याइपुर्‍याएको पाण्डेले बताएका छन ।

राति काठमाडौं ल्याइएका यादवसँगै समाजवादी पार्टीका केही सांसदलाई नक्शालस्थित मेरियट होटलमा राखिएको समाजवादी पार्टीको भनाइ छ ।

तर डा. यादव बिहीबार विहानै होटलबाट बाहिर निस्कन सफल भएको र पार्टीको सम्पर्कमा आएको नेताहरुले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार