वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सामुदायिक सेवा केन्द्र, नागार्जुन २ नं वडा र आरोग्य नेपालले ग-यो क्यान्सर दिवसमा चेतनामूलक कार्यक्रम

सामुदायिक सेवा केन्द्र नागार्जुन, नागार्जुन नगरपालिका वडा नम्बर २ र आरोग्य नेपालको संयुक्त आयोजनामा चेतनामूलक -याली तथा कक्षाको आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हरेक वर्ष ४ फेब्रुअरीमा मनाइने विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइएको छ ।

अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला सामुदायिक सेवा केन्द्र नागार्जुन, नागार्जुन नगरपालिका वडा नम्बर २ र आरोग्य नेपालको संयुक्त आयोजनामा एक दिने चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाएको हो ।

क्यान्सर रोग निबारणका लागि जनचेतना जगाउने उद्देश्यले बिहान नागार्जुन नगरपालिका वडा नं २ को कार्यालयबाट प्ले कार्ड सहित -यालीको आयोजना गरी वडा नम्बर २ को विभिन्न भागहरु परिक्रमा गरी सामुदायिक सेवा केन्द्रको भवनमा पुगेर श्रब्यदृष्य प्रशिक्षण कक्षामा सहभागी भएको थियो ।

आरोग्य नेपालको अध्यक्ष रोहित रावलको सभापतित्वमा सामुदायिक सेवा केन्द्र नागार्जुनका अध्यक्ष प्रतापबाबु दानीको प्रमुख आतिथ्यता तथा वडाअध्यक्ष थुमराज केसीको बिशिष्ट आतिथ्यता रहेको र्याली पछीको भिडियो कन्फिरेन्समा क्यान्सरका लक्षण र रोकथाममा गर्नुपर्ने प्रयासका बारेमा सम्बन्धित विज्ञ एवं चिकित्सकहरुले साक्षात्कार कक्षा समेत सञ्चालन गरिएको थियो ।

नर्सिङ विद्यार्थीको सहकार्यमा क्यान्सरबाट कसरी बच्ने, सुरुवाती अवस्थामा क्यान्सर कसरी चिन्ने र उपचार कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष शंखबिर पुतुवारले बताउनुभयो ।

कार्यक्रममा क्यान्सर डरलाग्दो रोग होइन, समयमै उपचार गर्न सकेमा निको पार्न सकिन्छ भन्ने तथ्यलाई बोल्ने बक्ताहरुले जोड दिइएको थियो । कार्यक्रममा आयोजक सहआयोजक तथा सहकार्य गर्ने सबै निकायका प्रमुखहरुले यस्ता जनचेतनामुलक कार्यक्रमलाइ अझै ब्यापक बनाउन लागिपर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया