वैशाख २५, २०८१ मंगलबार May 7, 2024

भोजपुर गोल्डकप : फाइनलमा चर्च ब्वाइज र त्रिभुवन आर्मी भिडने

भगवती स्पोर्टस क्लब खोटाङलाई पेनाल्टी सुट आउटमा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाण्डौले फाइनलको यात्रा तय गरेको छ । २–१ गोलले चर्च ब्वाइज फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफको निर्धारित समयमा दुवै टिमको तर्फबाट एक–एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सहलेश युवा क्लबका तर्फबाट नौ नम्बर जर्सीका खेलाडी आशिस चापागाईँले ३१ औ मिनेटमा एक गोल गर्दे खाता खोल्न सफल भएका थिए भने चर्च ब्वाइजका तर्फबाट पनि खेलको ४३ औ मिनेटमा ११ नम्बर जर्सीका नवीन लामाले पेनाल्टी मार्फत गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

खेलको दोस्रो हाफको निर्धारित समयमा बराबरी अवस्थामा रोकिएको खेलमा थप गरिएको चार मिनेटको अतिरिक्त समयको तेस्रो ९३ औ मिनेटमा चर्च ब्वाइजका तर्फबाट १२ नम्बर जर्सीका खेलाडी अर्मानले थप गोल गर्दे टिमलाई विजयी गराएका हुन ।  खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका जर्सी नम्बर सातका खेलाडी अवोयोमी भएका छन् । उनले नगद पाँच हजार र मेडल पाएका छन् ।

आठ टिमको सहभागितामा सञ्चालित प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा भगवती स्पोर्टस क्लब खोटाङलाई पेनाल्टी सुट आउटमा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको थियो । उपाधिका लागि शनिवार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीचमा प्रतिस्पर्धा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् भने अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

गत वैशाख नौ गतेबाट सुरु प्रतियोगितामा ए डिभिजनका दुई टिम त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटबल क्लब, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ र आयोजक भोजपुर जिल्ला फुटबल संघ गरी आठ टिमको सहभागिता थियो ।

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा गत वैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भई रहेको छ । करिब ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ । जसमा ३० लाख भोजपुर नगरपालिकाले सहयोग गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार