असार २८, २०८२ शनिबार July 12, 2025

सरकारविरुद्ध नेविसंघद्वारा देशभर प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले जारी गरेका अध्यादेशहरु फिर्ता गर्नुपर्ने माग गर्दै देशभरी प्रदर्शन गरेको छ ।

सरकारले सोमबार जारी गरेका अध्यादेशहरु फिर्ताको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । लक डाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

सरकारले जारी गरेका अध्यादेश विरुद्ध लक डाउनको पालना गर्दै सामाजिक दूरी कायम गरी सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघ महामन्त्री युवराज पाण्डले बताएका छन ।

सिंगो देश कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लडिरहेका बेला सरकारले आफ्नो स्वस्स्पूर्तिका लागि राजनीतिक खेल खेलिरहेको आरोप उनले लगाएका छन ।

राजनीतिको फोहोरी खेल खेल्न सरकारले असंवैधानिक र अराजनीतिक तरिकाबाट दुईवटा अध्यादेश ल्याएको उनको आरोप छ । सरकारले दुवै अध्यादेश फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने उनले बताएका छन ।

जनताका अधिकार हनन गरी अधिनायकवाद लाद्न खोजे आन्दोलनमा उत्रिने चेतावनी पनि नेविसंघले दिएको छ । अफ्ठ्यारोमा सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै महामन्त्री पाण्डेले सरकारका गलत काम, भ्रष्टाचार, अनियमितता लगायतका विषयमा सधैँ खबरदारी जारी रहने बताएका छन ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको अभिभावक भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गरेका छन ।

‘अध्यादेश खारेज गर, विधिको शासन लागु गर, विधिको तन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद’ जस्ता नारा लगाउँदै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार