श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेयमार प्रशिक्षणमा फर्किए तर बुधवारवाटै खेल्न पाउने

मार्सेलीविरुद्ध हुने कोप डी फ्रान्सको अन्तिम १६ को खेलमा मात्रै नेइमार मैदान उत्रने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन् ।

तिघ्राको चोटका कारण नेइमारले पिएसजीबाट लिगको पछिल्लो दुई खेल खेल्न पाएका थिएनन् । पिएसजीले आगामी साता तीन महत्वपूर्ण खेल खेल्दैछ ।

बुधबार मार्सेलीविरुद्ध हुने कोप डी फ्रान्सको अन्तिम १६ को खेलमा मात्रै नेइमार मैदान उत्रनेछन । शनिबार पिएसजीले लिग वानमा चौथो स्थानको मोनाकोविरुद्ध खेल्नेछ । अगामी साता भने पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई खेल्ने कार्यतालिका छ ।

नेइमारले यस सिजनका सबैखाले प्रतियोगिता गरि २५ खेलमा  १७ गोल गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया