श्रावण १, २०८२ बिहिबार July 17, 2025

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ४३ सय नाघ्यो

ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्ने डब्ल्यूएचओको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिरियाको सीमा नजिकै टर्कीमा हिजो गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेकाे बीबीसीले जनाएको छ ।

बिहान उज्यालो भएपछि खोजी कार्यले तीव्रता पाएकाे र विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञ आएर खोज्ने क्रम सुरु भएकोले ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।

वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेकाे छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् ।

टर्की रेड क्रिसेन्टले त्यहाँका नागरिकहरुलाई रक्तदान गर्न आह्वान गरेको छ । टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायतले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाएको जनाएको छ । फ्रान्स, जर्मनी, इजरायल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले एक करोड अमेरिकी डलरसहित विशेषज्ञ टोली पठाउने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रका विद्यालयहरु कम्तीमा एक हप्ताको लागि बन्द गरिएका छन् । टर्कीमा यस अघि सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार र सन् १९३९ मा गएको भूकम्पका कारण ३३ हजार जना मानिसको ज्यान गएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार