श्रावण ५, २०८२ सोमबार July 21, 2025

आर्मीलाई हराउँदै पुलिस तेस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो

पुलिसले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो । तेस्रो स्थान हासिल गरेको पुलिसले रु ७५ हजार पुरस्कार पायो ।

प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टोलीले रू तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया