श्रावण १, २०८२ बिहिबार July 17, 2025

टर्की-सिरिया भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक (तश्वीरमा हेर्नुहोस्)

टर्कीमा हालसम्म ज्यान गुमाउनेको संख्या ५,८९४ पुग्यो ३४,८१० जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्की र सिरियामा सोमबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक पुगेको छ । टर्कीमा हालसम्म ५,८९४ जनाले आफ्नो ज्यान गुमाएका छन् जबकि ३४,८१० जना घाइते छन् ।

Earthquake in Turkey and Syria: More than 3,000 killed

यस्तै, सिरियामा २,०३२ जनाले ज्यान गुमाएका छन् । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भवन ध्वस्त भएका छन् जबकि सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् भने १२२० भन्दा बढी भवनमा क्षति पुगेको छ ।

International rescuers, aid arrive to Turkey and Syria as earthquake deaths  pass 7,800: Live Updates - Al-Monitor: Independent, trusted coverage of the  Middle East

यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ । यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । यति मात्रै होइन सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।

Turkey-Syria Earthquake Death Toll Nears 8000-Mark

मेक्सिकोको चर्चित रेस्क्यू डगले टर्कीमा भग्नावशेषमा दबिएका मानिसको खोजी गर्न मद्दत गरिरहेको छ । मेक्सिको आफ्नो तालिमप्राप्त र विशेष खोजी कुकुरका लागि परिचित छ । १६ वटा कुकुरको समूह मेक्सिकोबाट उद्धार कार्यका लागि टर्की पुगेका छन् ।

Turkey-Syria earthquake: rescue efforts move slowly as death toll passes  5,000 | South China Morning Post

टर्कीमा हिउँ परिरहेको छ । यस्तोमा उद्धार कार्यमा निकै समस्या भइरहेको छ । यति मात्रै होइन खराब मौसमका कारण हेलिकोप्टर पनि ल्यान्ड हुन सकिरहेको छैन । भूकम्पका कारण टर्की–सिरिया कोरिडोर पनि ध्वस्त भएको छ । यस्तोमा सडक मार्गमार्फत मद्दत पुर्याउन गाह्रो भइरहेको छ । एजेन्सी

Earthquakes in Turkey and Syria live updates: Death toll soars amid rescue  efforts

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार