श्रावण १, २०८२ बिहिबार July 17, 2025

युद्ध अभ्यास विस्तार गर्न नेता किमको निर्देशन

आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमबाट नवीनतम शक्ति प्रदर्शन गर्ने प्योङयाङको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ ।

सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले सुदृढ युद्ध तयारीका निम्ति निर्देशन दिनुभएको हो ।

क्षेप्यास्त्र परीक्षण र हतियार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपको शान्ति एवम् स्थायित्वलाई पहिलेदेखि नै उत्तेजक बनाएको उत्तर कोरियाली नेताले अतुलनीय शक्ति प्रदर्शन गर्न तथा विकासका नयाँ चरण खोल्न सशस्त्र सैन्य बललाई आदेश दिनुभएको देशको आधिकारिक समाचार समितिले जनाएको छ ।

उत्तर कोरियाले सैन्य परेडको योजना बनाइरहेका बेला उक्त बैठक भएको हो । आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमबाट नवीनतम शक्ति प्रदर्शन गर्ने प्योङयाङको तयारीले संयुक्त राज्य अमेरिका र एशिया–प्रशान्त क्षेत्रका उसका सहयोगीलाई थप चिन्तित बनाएको छ ।

नेता किमका शीर्ष सैन्य अधिकारीहरूको प्रतिनिधित्व रहेको आयोगका सदस्यहरूले सेनामा महान् परिवर्तन ल्याउने, युद्ध अभ्यासलाई निरन्तर विस्तार गर्ने र युद्धको तयारीलाई तीव्र गतिमा अघि बढाउनेबारेमा छलफल गरेका समितिले बताएको छ । बैठकमा सैन्य मामिलामा मौलिक सुधारका साथै त्यसको सुदृढीकरणमा जोड दिइएको थियो । -रासस-एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार