असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना भाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं !: भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम्‌ नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हिटलर, स्टालिन र चाउचेस्कुसँग तुलना गर्दै इतिहासबाट ओली प्रवृत्तिलाई छिटो विदा गर्नुपर्ने अभिव्यक्ति दिएका छन्‌।

इन्टरनेट सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरेका हुन्‌। ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौुं शीर्षकको सो स्टाटसमा भट्टराईले जर्मन नाजी तानाशाह हिटलरदेखि कम्युनिष्ट तानाशाहहरू स्टालिन र चाउचेस्कुसम्मको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीमा सोही प्रवृत्ति रहेको जिकिर गरेका छन्‌।

स्टाटसको अन्त्यमा उनले लेखेका छन्‌,अति भए पछि खति हुन्छ भनिन्छ। त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोना भाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ!

तराईकेन्द्रित साविकका समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेका प्रधानमन्त्री ओली यतिखेर निकै आलोचित छन्‌। वैशाख ८ गते ल्याइएको सो विद्येयकमाथि व्यापक आलोचना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले १२ गते त्यसलाई खारेज गरेकी थिइन्‌।

बाबुरामको फेसबुक स्टाटस :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार