श्रावण १, २०८२ बिहिबार July 17, 2025

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ ।

बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुग्नु भएको छ । उहाँले बेलाइतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो ।

यो घोषणा युक्रेन विरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउँने छ वटा संस्थाहरू, कुलीन  आठ व्यक्तिहरू र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ। बेलाइती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दवाब पर्ने बताउँनु भएको छ ।

“यी नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दवाबलाई थप बलियो बनाउँने छ । युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाइ कमजोर पार्न म दृढ छु । यी कुराहरू  हाम्रो कानूनसँग मेल खान्छन्।” उहाँले भन्नुभयो ।

यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी-कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपुर्जाहरू बनाउँने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी-एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ  ।

त्यसैगरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाज लगायतलाई पनि बेलाइतले प्रतिबन्ध लगाएको छ ।

यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिहरूमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन् ।

यसबाहेक, बेलाइत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन् ।  रुस- युक्रेन युद्ध  विगत एक वर्षदेखि निरन्तर जारी छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार