श्रावण १, २०८२ बिहिबार July 17, 2025

युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा

राष्ट्रपति जेलिन्स्किीको बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ ।

संयुक्त अधिराज्यको भ्रमणपछि उहाँ अकस्मात पेरिस पुग्नुभएको युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ ।

राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गर्नुभएको छ । त्यसैगरी उहाँले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा बुधबार त्रिपक्षीय वार्ता भएको सो समाचारमा जनाइएको छ ।

Ukrainian, French presidents discuss situation in Donbas

त्यसैगरी उहाँहरु तिनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी हुनुभएको बताइएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनीले नै युक्रेनको पक्षमा उभिएका मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन् ।

उहाँहरुका बीचमा बिहीबार पनि ब्रसेल्समा युरोपियन काउन्सिलको बैठकमा भेटवार्ता हुने बताइएको छ । सो बैठकमा युरोपियन युनियनका सदस्यहरु उपस्थित हुने र युक्रेनलाई आगामी दिनमा गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी हुने बताइएको छ । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार