श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुनखानीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ ।

बुकिना फासोको खानी व्यवसायी सङ्घका अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको समयमा खानीभित्र पहिरो जाँदा उनीहरू खानीमा फसेका थिए ।

स्थानीय सुन खानी व्यवसायी सङ्घका अधिकारी अबासे डेर्राका अनुसार हाउन्डे सहर नजिकैको खानीमा उनीहरू फसेका थिए । खानीमा काम गरिरहेका कामदारमध्ये अझै केहीलाई जीवित उद्धार गर्न सकिने विश्वाससहित थप श्रमिकको उद्धार प्रयास जारी रहेको छ ।

“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ,” सङ्घका एक सदस्य मौसा ओएड्राओगोले भन्नुभयो ।

बुर्किना फासोको सुन खानी स्थलहरूमा बारम्बार पहिरो खस्ने गरेको छ, जहाँ स्थानीय समुदायहरूले थोरै लाभ पाउने गरेका महसुस गर्छन्, बताउने गरिएको छ ।

बुर्किना फासोमा १७ वटा औद्योगिक खानीले प्रतिवर्ष करिब ७० टन उत्पादन गर्ने गरेको छ । यहाँबाट युरोप, अमेरिका, चीनलगायतका विश्वका विभिन्न गन्तव्यमा सुन निर्यात हुनेगर्छ ।

खानी मन्त्रालयका अनुसार अनौपचारिक खानीले हरेक वर्ष १० टन सुन उत्पादन गर्छ भने करिब १५ लाख मानिसलाई रोजगारी दिन्छ ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार