काठमाण्डौंः फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागी निधन भएको छ ।
घटना दिउँसो १ः१० बजे भएको हो । कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको हो। कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका अनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको हो ।
शुरुमा गोली हानेपछि बन्दुकधारीले अर्को कोठामा प्रवेश गर्ने प्रयास गरेको तर अन्य सिपाहीहरूले आक्रमणकारीको बन्दुक कब्जा गरेर उसलाई नै गोली हानेको ब्रिनासले उल्लेख गरेका छन् ।
अधिकारीका अनुसार गम्भीर घाइते सैनिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया