असार २८, २०८२ शनिबार July 12, 2025

नेविसंघका नेता काफ्लेद्वारा विवाह खर्चको रकम कोरोना राहत कोषमा जम्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गरेका हुन् ।

पूर्व महामन्त्री काफ्लेले कोषमा २ लाख रुपैयाँ जम्मा गरेका छन् । विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले बताएका छन । सोमबार स्वास्थ्यमन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उनले बताएका छन ।

विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नेपालमा पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका सांसदहरुले राहत कोषमा रकम जम्मा गरेका छन् ।

नीजि क्षेत्रका व्यवसायी र अन्य नागरिकहरुले पनि व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ ।

१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय १० जना आइसोलेसनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार