असार २२, २०८२ आइतबार July 6, 2025

चीनमा एक मिटरको दूरी कायम गराउन विद्यार्थीलाई विशेष प्रकारको टोपी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने क्रममा रहेको चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन सुरु हुन थालेको छ । सोमबारदेखि केही विद्यालयमा विद्यार्थी पुगेका छन् ।

हप्तौँको लकडाउनपछि विद्यार्थीहरु पहिलोपटक विद्यालय फर्किएका हुन् । शाङ्घाइमा मिडल तथा हाइस्कूलको अन्तिम वर्षका विद्यार्थीहरु स्कूल आउन थालेका हुन् । बेइजिङ्गमा भने हाइस्कूलका सिनियरहरु मात्रै विद्यालय फर्किएका हुन् ।

चीनका अधिकांश क्षेत्रमा कोरोना भाइरसको महामारी सुरु भएसँगै बन्द भएका थिए र अनलाइन मार्फत नै कक्षा हुने गरेका थिए । गएको महिनादेखि मात्रै केही विद्यालयमा अध्ययन सुरु भएको थियो ।

सोमबारदेखि थप विद्यालय नियमित कक्षामा फर्किएका हुन् । तर विद्यार्थीहरुको पोशाक भने नियमित जस्तो छैन । हरेक विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने एक मिटरको दूरी कायम गराउनका लागि विशेष प्रकारको टोपी पनि लगाइदिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया