श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युक्रेनको अखण्डतालाई आँच आउने गरी रुससँग कुनै सम्झौता नगर्ने : राष्ट्रपति जेलेन्स्की

पश्चिमा देशहरूले हतियार पठाए रुससँगको शान्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनको अखण्डतालाई आँच आउने गरी रुससँग कुनै शान्ति सम्झौता नगर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई अन्तर्वार्ता दिनुहुँदै राष्ट्रपति जेलेन्स्कीले रुसलाई युक्रेनी भूमि दिँदै जाँदा रूसले अझै भूमि माग्दै जाने अवस्था आउने बताउनुभयो ।

जेलेन्स्कीले पश्चिमा देशहरूले हतियार पठाए रुससँगको शान्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभयो ।

उहाँले रुस-युक्रेन युद्ध सुरु भएको एक बर्ष पूरा भएको दिनलाई लक्षित गर्दै रूसले भीषण आक्रमण गर्न लागेको पनि बताउनुभयो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया