श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकापछि ताइवानमा भेटियो शङ्कास्पद चिनियाँ बेलुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ताइवानले चीनबाट आएको ‘वेदर बेलुन’ को अवशेष फेला पारेको जनाएको छ ।

ताइवानको सेनाका अनुसार उसले बिहीबार बिहान ११ः०० बजे (नेपालमा ८ः१५) ताइवान नियन्त्रित डोंग्यिन टापुमा एउटा अज्ञात उडान वस्तु देखिएको थियो । पछि यो बेलुन सुटिङ रेन्ज नजिकै खस्यो । यसको अवशेष ताइवानमा फेला परेको छ । प्रारम्भिक अनुसन्धान पछि, ताइवानी सेनाले यी अवशेषहरू मौसम पत्ता लगाउने उपकरणको अंश भएको बताएको छ ।

ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले शुक्रबार अधिकारीहरूले दुर्घटनाग्रस्त बेलुनबारे छानबिन गर्ने र हड्बडीमा कुनै पनि निष्कर्षमा नजाने बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वरिष्ठ रक्षा अधिकारी चेन यु–लिनले पहिलो पटक ताइवानका टापुहरूमा यस्तो बेलुनको अवशेष फेला परेको बताएका छन् ।डोंग्यिन टापु नजिकै भेटिएको यो बेलुनको व्यास करिब एक मिटर थियो र यसमा चिनियाँ कम्पनीको नाम लेखिएको थियो ।

ताइयुआन रेडियो नम्बर १ फ्याक्ट्री कम्पनी लिमिटेड नामको यो कम्पनी चीनको ताइयुआन शहरमा अवस्थित छ । चीनको प्रमुख औद्योगिक स्थलमा पर्ने यो शहर शाङक्सी प्रान्तको राजधानी पनि हो । पछिल्ला केही दिनदेखि चीन र अमेरिकाबीच यस्तै नै बेलुनको विषयमा तनाव चलिरहेको छ । यसको सुरुवात यसै महिना त्यतिबेला भएको थियो जब चीनको एक बेलुन अमेरिकाको आकाशमा देखिएको थियो ।

अमेरिकाले यसलाई चीनको तर्फबाट पठाएको एक जासुसी बेलुन बताएको छ । यद्यपि, चीनले यसलाई आफ्नो स्वीकार्दै यसलाई एक ‘वेदर बेलुन’  बताएको छ । यसले मौसमको अध्ययन गर्ने चीनले बताएको छ । चीनका अनुसार यो बाटो बिराएर अमेरिकाको आकाशमा पुगेको हो ।

अमेरिकाले दक्षिण क्यारोलिनाको समुद्रामाथि एक लडाकू विमान मार्फत् यसलाई खसाल्यो । चीनले यसमा कडा अपात्ति जताएको थियो । पछि क्यानडामा अमेरिकाको आकाशमा यस्तै केही अज्ञात चीन देखिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया