असार २२, २०८२ आइतबार July 6, 2025

कोरोना ठीक हुने भन्दै विषाक्त रक्सी पिउँदा ७ सयभन्दा बढीको मृत्युु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ठीक हुने भन्दै विषाक्त मिथानोल अल्कोहल पिउँदा इरानमा ७ सयभन्दा बढीको मृत्यु भएको छ।

अलजजिराले इरानको राष्ट्रिय कोरोना प्राधिकरणलाई उल्लेख गर्दै जनाएअनुसार गत २० फ्रेब्रुवरीदेखि ७ अप्रिलसम्म विषाक्त अल्कोहलका कारण ७ सय २८ जनाको मत्यु भएको हो। रिपोर्टका अनुसार गत वर्ष भने अल्कोहल सेवनबाट केवल ६६ जनाको मत्यु भएको थियो।

अप्रिलको सुरुमै निस्केको सरकारी प्रतिवेदन अनुसार कोरोना महामारीबीच अघिल्ला वर्षभन्दा यो वर्ष विषाक्त अल्कोहलका कारण मृत्यु हुनेको संख्यामा १० गुणाले वृद्धि भएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कीनौसी जचानपुरले ५ हजार ११ जनालाई विषाक्त अल्कोहल लागेको र तीमध्ये ९० जनाले दृष्टि गुमाएको बताएका छन। त्यस्तै स्वास्थ्य मन्त्रालयका सल्लाहाकार हुसेन हसनियनले अल्कोकलका कारण दृष्टि गुमाउने त्योभन्दा धेरै हुन सक्ने बताएका छन।

इरानमा कोरोनाबाट ५ हजार ८ सय ६ जनाको मृत्यु भएको छ भने ९१ हजारलाई संक्रमण भएको पुष्टि भएको छ ।

मिथानोलको न त गन्ध थाहा हुन्छ न पेयमा यसको स्वाद नै थाहा हुन्छ । यसले अंगहरुको गतिलाई घटाउँछ भने मस्तिस्क खराब गर्छ। छाति दुख्ने, दृष्टि गुम्ने र अन्तिममा कोमामा जाने हुन्छ।

इरानमा सरकारले सर्वसाधारणले थाहा पाउने गरि एक अलग कृत्रिम रंगसहित विषाक्त मिथानोल उत्पादन अनुमति दिएको छ, जुन घाउ सफा गर्न प्रयोग गरिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया