काठमाण्डौः सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ ।
विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्न समेत आग्रह गरेका छन् । प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन्। उनीहरूले मस्कोलाई अन्तरराष्ट्रिय कानून बमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।
न्युजका अनुसार हयासीले प्योङयाङको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती खडा गरेको बताएका छन् ।
जापान यस वर्षको जी-७ को अध्यक्ष हो । जापानले मे महिनामा हिरोशिमामा जी-७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया