असार २३, २०८२ सोमबार July 7, 2025

एमालेले राष्ट्रपति कुनै हालतमा छाड्दिनँ भन्यो भने माओवादीले समर्थन गर्दैन – प्रा.डा. लोकराज बराल (अन्तवार्ता)

एमालेले अघि सारेको उम्मेदवार भरसक राष्ट्रपति नहोस् भन्ने दलहरूको रणनीतिले काम गर्ने सम्भावना देखिन्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रपति निर्वाचनलाई लिएर दलहरूको दौडधुपलाई कसरी हेर्नुभएको छ ? 

पछिल्लो समयमा दलहरूबीच शंका र उपशंकाको अवस्था छ । आफूले चाहेको व्यक्ति राष्ट्रपतिमा नआएको अवस्थामा भोलि अप्ठ्यारो पर्नसक्छ भन्ने सबैमा परेको देखिन्छ । त्यसैअनुसार दलहरू आआफ्नो रणनीतिसाथ अगाडि बढेका देखिन्छन् । पहिलेका र वर्तमान दुवै राष्ट्रपतिको भूमिका र अभ्यासलाई हेरेर आफूनिकटका र संविधानअनुकूल चल्ने राष्ट्रपति होस् भन्ने सबैले चाहेको देखिन्छ ।

राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादीको ‘मुभ’ कस्तो हुन सक्छ ?

पहिले नै सभामुख एमालेले पाइसकेको छ । राष्ट्रपति पनि एमालेले नै पाउने अवस्था आएमा आफूसँग केही पनि बाँकी रहँदैन भनेर माओवादी पनि त्रसित देखिन्छ । राज्यका शक्तिशाली प्रमुख पद सबै एमालेको भागमा गएको अवस्थामा प्रधानमन्त्री शक्तिहीन हुने र कदमकदममा एमालेको इसारामा चल्नुपर्ने अवस्था देखेर माओवादीले आफ्नो फरक रणनीति बनाएको हुन सक्छ । कांग्रेसबाट सरकारलाई विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड र उनको पार्टीले राष्ट्रिय सहमति या तटस्थ व्यक्तिको आवश्यकताको नाम दिएर केपी ओलीबाट मुक्ति पाउन खोजेको देखिन्छ ।

राष्ट्रपति निर्वाचनसँगै कस्तो राजनीतिक परिदृश्य बन्ने सम्भावना देख्नुहुन्छ ? 

एमालेले अघि सारेको उम्मेदवार भरसक राष्ट्रपति नहोस् भन्ने दलहरूको रणनीतिले काम गर्ने सम्भावना देखिन्छ । स्वाभाविक रूपमा एमालेले राष्ट्रपति कुनै हालतमा छाड्दिनँ भन्यो भने माओवादीले समर्थन नगर्ने सम्भावना देखिँदै छ । यदि त्यस्तो भयो भने त्यसपछि अहिलेको समीकरणमा फेरबदल हुने बलियो सम्भावना छ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार