श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इरानद्वारा सिरियाको राजधानीमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानको विदेश मन्त्रालयका प्रवक्ताले आइतबार सिरियाको राजधानी दमास्कसमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा गरेका छन्।

मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार नासेर कनानीले इजरायली आक्रमणले सिरियाली जनताको पीडालाई अझ बढाउन खोजेको प्रमाणित गरेको बताउँदै अझै घातक र विनाशकारी भूकम्पको नतिजासँग जुझिरहेको बताएका छन् । उनले “सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनमा पश्चिमी राज्यहरूको “लज्जाजनक” मौनताको आलोचना पनि गरेका छन् ।

अन्तरराष्ट्रिय समुदायका साथै जिम्मेवार निकायहरू, विशेष गरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई” तत्काल गम्भीरतापूर्वक प्रतिक्रिया दिन पनि उनले आह्वान गरेका छन् ।

Iran condemns Israeli missile attack on Syria's capital Damascus

दमास्कसमा आइतबार बिहान इजरायली मिसाइल आक्रमणमा एक सैनिक सहित कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएको सिरियाली सेनाले जनाएको छ ।

इजरायली अधिकारीहरूले आक्रमणको बारेमा कुनै टिप्पणी गरेका छैनन् । कब्जा गरिएको गोलान हाइट्सबाट शुरु गरिएको आक्रमणले काफर सुसाहको आवासीय छिमेकी सहित दमस्कसका थुप्रै सैन्य स्थानहरूलाई निशाना बनाएको पनि सेनाको विज्ञप्तिमा उल्लेख गरिएको छ । तनावग्रस्त क्षेत्रमा घाइतेको अवस्था थप गम्भीर छ । दमास्कस र यसको ग्रामीण इलाकामा थुप्रै आवासीय घरहरू क्षतिग्रस्त छन् ।

यही फेब्रुअरी ६ मा आएको विनाशकारी भूकम्पको सामना गरिरहेको सिरियाको उत्तरी क्षेत्रमा हजारौंको ज्यान गएको यस कारुणिक अवस्थामा नयाँ आक्रमण भएको हो जसले पीडा माथि पीडा थपेको छ ।-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया