काठमाडौंः अमेरिकाले टर्कीलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने घोषणा गरेको छ ।
गत फेब्रुअरी ६मा आएको विनाशकारी भूकम्प पछि टर्कीको भ्रमणमा पुग्नु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उक्त मानवीय सहायताको घोषणा गर्नुभएको हो ।
यसैबीच टर्कीले आफ्नो दुई अति प्रभावित प्रान्तबाहेक अरू ठाउँमा भूकम्पमा पुरिएकाको खोजी कार्य बन्द गरेको छ ।
टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४ हजार नाघेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया