श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

दुर्घटनाको छानविन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ ।

2 dead, 3 injured in explosion at welding company in Florida: Officials -  ABC News

गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि  उक्त दुर्घटना भएको हो ।

सोमबारको विस्फोटमा  एक जनाको मृत्यु भएको थियोभने १३ जना घाइते भएका थिए ।

विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया