श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इजरायली सेनाको आक्रमणमा परी ११ जना प्यालेष्टिनीको मृत्यु

आत्मसमर्पण गर्न अस्वीकार गर्ने तीन जना प्यालेस्टाइनी लडाकुलाई इजरायली सेनाले मारेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठामण्डौः इजरायली सेनाको आक्रमणमा परी ११ जना प्यालेस्टायनीको मृत्यु भएको छ ।

घटनामा कयौं मानिस घाइते भएको बताइएको छ । इजरायली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा गरिएको आक्रमणका क्रममा सो घटना भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

Eleven Palestinians killed during Israeli raid in Nablus - BBC News

हिजो बिहान इजरायली सेनाहरू पुरानो शहर नाब्लसमा प्रवेश गर्दा विस्फोट र बन्दुकको आवाज सुनिएको थियो । त्यही प्यालेस्टिनी बन्दुकधारीहरूसँग सशस्त्र झडप सुरु भएको बताइएको छ ।

Nablus: 11 Palestinians killed during Israeli raid targeting militants in  West Bank | CNN

इजरायली सेनाले आत्मसमर्पण गर्न अस्वीकार गर्ने तीन जना प्यालेस्टाइनी लडाकुलाई समेत मारेको छ । मारिने अन्य ८ जना भने सर्वसाधारण नागरिक रहेका छन् । व्यस्त बजार क्षेत्रमा आक्रमण भएकाले धेरै सर्वसाधारण हताहत भएका हुन् । मारिनेमा वृद्धवृद्धा तथा बालबालिका समेत परेका छन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया