असार २३, २०८२ सोमबार July 7, 2025

जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुले रुपमा रपमा रहेका जनस्तरको काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाले बिम्स्टेक राष्ट्रहरु साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको भन्दै यसमा आइपर्ने समस्यालाई पनि सबैले मिलेर सामाना गर्नुपर्नेमा जोड दिनुएको छ ।

राजधानीमा सुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन

समारोहमा आफ्नो मत्व्य राख्दै प्रधानमन्त्री मोदीले हिमालय पर्वत शृङ्खला र हिन्दमहासागरबीचको बङ्गालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व रहेकोमा जोड दिनुभयो ।

प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य मुलुकका महिला सांसदबीच सम्पर्क सञ्जाल बनाउन आवश्यक रहेका बताउनुभयो । उहाँले बिम्स्टेकसदस्य राष्ट्रका उद्यमीबीच सम्पर्क र सञ्जाल बढाउन भारत बिम्स्टेकस्तरको सम्मेलनआयोजना गर्न तयार रहेको जानकारी उल्लेख गर्नुभयो ।

उहाँले डिजिटल सम्पर्क सञ्जालको क्षेत्रमा भारत आफ्नो राष्ट्रिय ज्ञान सञ्जाल श्रीलंका, बङ्गलादेश, भूटान र नेपालमा बढाउन प्रतिबद्ध रहेको भन्दै यसलाई म्यान्मा र थाइल्याण्डसम्म बढाउने इच्छा समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाले भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० अगष्टमा भारतले अन्तर्राष्ट्रियबौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै सबै बिम्स्टेक सदस्य मुलुकलाई अतिथिका रुपमा सहभागी हुन निमन्त्रणासमेत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार