श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युरोपेली सङ्घसहित जी सेभनद्वारा रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी

संयुक्त राष्ट्र संघीय महासभाले युक्रेनमा जारी रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावलाई बहुमतले अनुमोदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको सन्दर्भमा सो समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तर सरकारी मञ्च जी-सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निश्कर्षमा पुगेका हुन् ।

भारतको बेङलुरुमा जी-सेभेनका अर्थमन्त्रीबीच भएको बैठकमा पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको थियो ।

यसैबीच संयुक्त राष्ट्र संघीय महासभाले युक्रेनमा जारी रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ । साथै युक्रेनबाट सेना फिर्ता गर्न र युद्ध रोक्न आह्वान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‍मा भएको मतदानमा प्रस्तावको पक्षमा १ सय ४१ राष्ट्रले मतदान गरेका छन् । ३२ राष्ट्र मतदानमा सहभागी भएनन् भने रुस सहित सात राष्ट्रले विपक्षमा मतदान गरेका छन् ।

एक वर्ष लामो द्वन्द्वमा एक लाख ५० हजार युक्रेनी र त्यति नै सङ्ख्यामा रुसीको ज्यान गएको पश्चिमा सूत्रहरूले बताएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीले युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया