काठमाण्डौंः बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी-७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले जारी द्वन्द्वका बीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम राष्ट्रहरूलाई बेलाइतको समर्थन रहेको आशय व्यक्त गर्नु भएको छ ।
उहाँले विश्व नेताहरूलाई युक्रेनमा नागरिक पूर्वाधारको रक्षा गर्न र फ्रन्ट लाइन डिफेन्सहरू जोगाउन मद्दत गर्नुपर्ने भन्दै तत्काल रुस विरुद्धको द्वन्द्वमा मद्दत गर्न आग्रह गर्नु भएको हो । प्रधानमन्त्री सुनकले यसअघि बेलाइतको भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीसँग लामो दूरीका हतियार समर्थन गर्ने बारे उल्लेख गर्नु भएको थियो ।
प्रधानमन्त्री सुनक रुस विरुद्धको लडाइँमा सबै युक्रेनीहरूको बलिदानीलाई सम्मान गर्न बिहान ११ बजे (स्थानीय समय) डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल हुनुहुनेछ ।
सो अवसरमा प्रधानमन्त्री सुनक र बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्यहरू र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिहरूलाई सहभागी हुनेछन् ।
प्रेस विज्ञप्तिमा ऋषि सुनकले उल्लेख गर्नु भएको छ “हाम्रो महादेशमा युद्ध शुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु । युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक लड्दै आफ्नो देशको रक्षार्थ लडेका छन्।
यस भयानक द्वन्द्वमा बेलाइत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ। म आज डाउनिङ स्ट्रिट बाहिर बहादुर युक्रेनी सैनिकहरूको साथमा उभिएकामा मेरा विचारहरू ती सबैसँग ऐक्यबद्ध हुनेछन् ।” एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया