असार २२, २०८२ आइतबार July 6, 2025

अमेरिकामा लकडाउनविरुद्ध गोलीगठ्ठासहित प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिका कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । अझै पनि संक्रमण र मृत्यु हुनेको संख्या दैनिक रुपमा केही हजारको संख्यामा थपिइरहेका छन् ।

तर पनि अमेरिकाका विभिन्न क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन खुलाउन माग गर्दै प्रदर्शनहरु भइरहेका छन् ।

यस्तो प्रदर्शनले बिहीबार उग्ररुप लिएको छ । मिसिगन राज्यमा लकडाउनको विपक्षमा रहेको प्रदर्शनकारीहरु गोलीगठ्ठासहित प्रदर्शनमा उत्रिएका हुन् ।

बन्दुकसहित प्रदर्शनमा उत्रिएका उनीहरु मिसिगनको राजधानीमा रहेको राज्यको संसद प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सयौँ प्रदर्शनकारी मध्ये केहीले बन्दुक बोकेका थिए । लानसिंगमा जम्मा भएका उनीहरु मध्ये धेरैले मास्क लगाएका थिएनन् ।

प्रदर्शनकारीले भवनमा प्रवेश गर्न पाउनु पर्ने भन्दै हुलहुज्जत गरेपछि प्रहरीले केहीको ज्वरो नापेर प्रवेश अनुमति दिएका थिए । प्रदर्शनकारी होहल्ला गर्दै भवनमा प्रवेश गर्दा राज्यका सांसदहरु छलफलमा थिए ।

मिसिगनकी गभर्नर ग्रेट्चन व्हिटमरले मे १५ सम्मका लागि राज्यमा लकडाउन लागु गरेकी छन् । उनी डेमोक्र्याट हुन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य मध्यमा पर्छ मिसिगन । त्यहाँ अहिलेसम्म कोभिड १९ बाट ३७ सय ८८ जना भन्दा बढीको मृत्यु भइरहेको छ । राज्यमा ४१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अधिकांश डिट्रोइट महानगर क्षेत्रका छन् ।

मिसिगन युनाइटेड फर लिबर्टीको आयोजनामा बिहीबार अमेरिकन प्याट्रिओट र्ंयाली भएको हो । उनीहरुले राज्यको निर्देशन विपरित मे १ देखि व्यवसाय सञ्चालन गर्न अपिल गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार