असार २८, २०८२ शनिबार July 12, 2025

श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग काँग्रेस सभापति देउवाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले यस बेला श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै तिनलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

नेपालमा विसं २००३ मा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको, प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु सोही मजदूर आन्दोलन भएको र कांँग्रेस र मजदूरहरु सधैंँ एकार्काका अनन्य सहयोगी भएर रहिआएको बताउँदै सभापति देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा उनीहरु सबैमा शुभकामना पनि व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार