काठमाडौँ । नेपालमा अड्किएका विदेशीलाई सम्बन्धित देशले फिर्ता लैजाने क्रम जारी छ ।
नेपालमा रहेका विदेशीहरुलाई सम्बन्धित देशहरुले विमान चार्टर्ड लगिरहेका हुन् । यसै क्रममा शनिबार नेपालस्थित फ्रान्सेली दूतावासको पहलमा कतार एयरवेजको विमान चार्टर्ड गरी जर्मनी, फ्रान्ससहित विभिन्न ५४ देशका मानिस स्वदेश फर्किएका छन् ।
आइतबार मध्याहन्न उडेको विमानमा रहेका ३०३ जना मध्ये चार शिशु पनि रहेको जनाइएको छ। सो विमान दोहा हुँदै फ्रान्सको राजधानी पेरिस पुग्ने छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन गरिएसँगै उडान बन्द हुँदा उनीहरु नेपालमा अड्किएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया