असार २८, २०८२ शनिबार July 12, 2025

प्रचण्ड-नेपाल गठबन्धनको यसरी हावा खुस्क्याइदिए ओलिले, गरे यी निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा सम्पन्न सचिवालय बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शनिवार साँझ साँढे पाँच बजे शुरू भएको बैठक तीन घण्टासम्म चलेको थियो । निर्धारित समय भन्दा डेढ घण्टा ढिलो गरी बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपि शर्मा ओलिले पार्टी एकतालाइ कमजोर पार्ने कुनै पनि कृयाकलापमा संलग्न नहुने  र सरकारले जनताको पक्षमा काम गर्ने बाताबरण बनाउन अघि बढ्ने भन्दै आत्मालोचना गरेको  प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संचालनका विषयमा भएका कमजोरीबारे बैठकमा क्षमायाचना गरेका थिए । आन्तरिक विवाद र संकटहरु समाधान गर्नेगरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ हुँदै मजबुद र सुढृढ बनाउनेतर्फ सबै एकरुप भएर लाग्ने निर्णय आजको बैठकमा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरलाइ बताए ।

पार्टीको मार्गनिर्देशनमा सरकार संचालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक लक्ष्य हासिल गर्ने गरी काम गर्दे दिशामा अघि बढ्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  साथै, अन्य सचिवालय सदस्यहरुले पनि पार्टीको पछिल्लो गतिविधि प्रति जिम्मेवार बन्दै आत्मालोचना गरेको उनले बताए । बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओलिले

उपाध्यक्ष बामदेव गौतमलाई उपर्युक्त समयमा प्रतिनिधिसभामा लैजाने बताएका थिए । पार्टीको भावी कार्यदिशाको बिषयमा छलफल गर्न २४ बैशाखमा सचिवालय बैठक बस्ने  र लगत्तै स्थायी कमिटीको बैठक बैशाख २५ गते बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएको ।

दुबै अध्यक्षको संयुक्त अध्यक्षामा बसेको बैठकमा उपाध्यक्ष बामदेब गौतम, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधब कुमार नेपाल, महासचिव बिष्णु पौडेल, प्रबक्ता नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री राम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार