असार २३, २०८२ सोमबार July 7, 2025

ढिलोचाँडो अब एमाले राप्रपाको ‘लाइन’मा पुग्न सक्छ । – हरि रोका (अन्तवार्ता)

रास्वपाले अन्तिम क्षणमा आएर सत्तानिकट हुन मौकापरस्त निर्णय गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँ राष्ट्रपति निर्वाचनलाई कसरी हेर्नुभएको छ ?

यो निर्वाचन कर्मकाण्डीजस्तो देखियो । निर्वाचनअघि नै रामचन्द्र पौडेलको जित लगभग सुनिश्चितजस्तै देखिएको थियो । राप्रपाले पहिले नै मत नदिने या बहिष्कार गर्ने भनिसकेको थियो । रास्वपाले अन्तिम क्षणमा आएर सत्तानिकट हुन मौकापरस्त निर्णय गर्छ भन्ने पनि लगभग अनुमान गरिएकै विषय थियो ।

यो निर्वाचनको परिणामले कस्तो सन्देश दिएको छ ?

यो निर्वाचन परिणामले देशमा तीव्र राजनीतिक ध्रुवीकरण हुन सक्ने सम्भावना देखाएको छ । एमालेको निर्वाचन ‘पार्टनर’ राप्रपाले निर्वाचन प्रक्रिया ‘बहिष्कार’ गरेको छ । ०६२/६३ को आन्दोलनदेखि नै केपी ओलीको जुन रुझान थियो, राप्रपा र एमालको अहिलेको गठजोडको बाटो पनि त्यही देखिँदै छ । ढिलोचाँडो अब एमाले राप्रपाको ‘लाइन’मा पुग्न सक्छ ।

विगतका राष्ट्रपतिको भूमिका विवादित बनिरहेको समयमा नयाँ राष्ट्रपतिबाट कस्तो भूमिकाको अपेक्षा गर्न सकिन्छ ?

विगतका दुवै राष्ट्रपति बढी नै राजनीतिक हुनुभयो । उहाँहरूले पटकपटक संवैधानिक सीमा नाघ्नुभयो । त्यसैले, अबका राष्ट्रपतिबाट संवैधानिक सीमा ननाघिदिए राम्रो हुन्थ्यो । उहाँ बढी राजनीति गर्नतिर नलागिदिए जाती हुन्थ्यो । विगतका दुवै राष्ट्रपतिले बढी हिन्दूवादी भूमिका निभाउनुभयो ।

नयाँ राष्ट्रपतिले सबै धर्मलाई समान व्यवहार गरिदिनुभए हुन्थ्यो । यतिखेर हाम्रो देश र सिंगो विश्व नै आर्थिक संकटको डिलमा छ । यस्तो अवस्थामा आर्थिक रूपान्तरणको बाटोमा देशलाई अघि बढाउन उहाँले सबै दलहरूबिच समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुभयो भने संविधानले भनेअनुसार लोककल्याणकारी आर्थिक नीति निर्माणमा सहयोग पुग्न सक्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार