असार २२, २०८२ आइतबार July 6, 2025

उत्तर र दक्षिण कोरियाबिच सीमा क्षेत्रमा गोली हानाहान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उत्तर र दक्षिण कोरियाबिच डिमिलिटराइज्ड जोन अर्थात सीमा क्षेत्रमा गोली हानाहान भएको छ । उत्तर कोरियाले प्रहार गरेको गोली दक्षिण कोरियाको गार्ड पोस्टमा लागेको सिओलको सेनाले जनाएको छ ।

सीमा क्षेत्रको चिओवान शहरमा सो घटना भएको हो । दक्षिण कोरिया तर्फ कुनै मानवीय क्षति नभएको बताइएको छ । उत्तर कोरियाले गोली प्रहार गरेपछि आफूहरुले दुई राउण्ड गोली चलाएको र चेतावनी पूर्ण सन्देश पठाएको दक्षिण कोरियाली सेनाले जनाएको छ । तर के कारणले गोली हानाहान सुरु भएको हो भन्ने खुलेको छैन ।

सैन्य हटलाइन मार्फत उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जोइन्ट चिफ अफ स्टाफ (जेसिएफ) ले जनाएको छ । सम्पर्क स्थापित भएपछि मात्रै गोली हान्नुको कारण खुल्ने बताइएको छ ।

पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले दक्षिण कोरिया तर्फ सिधै गोली प्रहार गरेको यो पहिलो घटना हो । सन् १९५३ मा कोरिया युद्ध अन्त्य गर्ने क्रममा डिएमजेड स्थापित गरिएको हो । सो क्षेत्रमा बफर जोन बनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार