असार २२, २०८२ आइतबार July 6, 2025

जेलमा झडप हुँदा ४० जना कैदीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भेनेजुयलाको एक जेलमा झडप हुँदा कम्तिमा ४० जना कैदीको मृत्यु भएको छ । जेल अधिकारीका अनुसार भेनेजुयलाको पश्चिमी शहर गुआनारी नजिकै रहेको लास लानोज जेलका कैदीहरु खाना–पानीको कमीका कारण आक्रोशित थिए ।

घटनाको छानबिनका लागि त्यहाँको सरकारले आदेश दिएको छ । सरकारी अधिकारीहरुले कैदीहरुले जेल तोडेर भाग्ने योजनाकाबिच हिंसात्मक झपड भएको दाबी गरेका छन्।

हिंसामा कतिपय जेलकर्मी समेत घाइते भएका बताइएको छ । भेनेजुयलाका जेलमन्त्री इरिस वरेलाले एक पत्रिकासँग जेलमा भएको हिंसाको बारेमा कुरा गरेका छन् तर उनले ज्यान गुमाउनेहरुको संख्या बताएनन् ।

उनले पनि यो घटनालाई जेल ब्रेकसँग जोडेका छन् । द अब्जर्वेटरी नामको संस्थाले ४६ कैदीको मृत्यु भएको र घाइते भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार