असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७३ पुग्यो, ४२ हजार ५३३ संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७२ कोरोना संक्रमितको ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ३ सय ७३ पुगेको हो ।

भारतमा कोरोनाका बिरामी पनि थपिइरहेका छन् । पछिल्लो प्राप्त विवरणअनुसार, यहाँको कुल कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ३३ छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या १२ हजार नौ सय ७४ पुगेको छ भने पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा पाँच हजार चार सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ९० जनाको मृत्यु भइसकेको छ । मध्ये प्रदेशमा पनि दुई हजार आठ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ५६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्या दुई हजार ६ सय ४५ पुगेको छ भने ४३ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि नौ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म पाँच सय तीन जनामा भाइरसको संक्रमण देखिँदा चारजनाको मृत्यु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार