असार २३, २०८२ सोमबार July 7, 2025

१ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन ।

रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया