असार २८, २०८२ शनिबार July 12, 2025

‘सीमानाकामा पासपोर्ट र भिसाको व्यवस्था गरौँ।’लकडाउन सहज पार्दै लानुपर्छ: गृहमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले लकडाउनका कारण आर्थिक संकट बढ्न थालेको उल्लेख गर्दै यसका लागि नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले महामारीबाट बच्न एउटै उपाय लकडाउन नै रहेको उल्लेख गर्दै यद्यपि यसलाई सहज पार्दै लैजानुपर्ने पनि बताएका छन।

गृहमन्त्री बादलले कसरी सहज बनाउने भन्नेबारे भने केही खुलाएनन्।

संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री बादलले मंगलबार एकताबद्ध भएर संकटको सामना गर्न सबैसँग आग्रह पनि गरेका छन।

‘यसबाट बच्ने एउटै उपाय पूर्वतयारी र सामाजिक दूरी हो, हामी सचेत रहनुपर्छ,’ मन्त्री बादलले भने। उनले मुस्लिम समुदायलाई इंगित गर्न नहुने उल्लेख गर्दै साम्प्रदायिकतातिर नजान पनि सबैलाई आग्रह गरेका छन।

बैठकमा नेकपाकै सांसद देव गुरुङले स्वास्थ्य मन्त्रालयले दायित्वबाट भाग्न नहुने बताएका थिए। उनले यो निजी अस्पताललाई राष्ट्रियकरण गर्ने अवसर पनि भएको बताए। त्यस्तै उनले सीमानाकामा कडाइ गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन। अहिलेकै मौकामा सीमानाकामा पासपोर्ट र भिसाको व्यवस्था गर्न पनि उनले आग्रह गरेका छन। उनले भने, ‘सीमानाकामा पासपोर्ट र भिसाको व्यवस्था गरौँ।’

सीमाको सुरक्षा गर्ने काम सेनाको भए पनि सशस्त्र र प्रहरीलाई पठाएको भन्दै उनले सरकारको विरोध पनि गरेका छन। त्यस्तै, सरकारले महामारीबीच राजनीतिक विभाजनसम्बन्धी र संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएको भन्दै उनले सरकारले आलोचना गरे। ‘अध्यादेश किन ल्यायो सरकारले ? महामारीसम्बन्धी नै अध्यादेश पो ल्याउनुपर्थ्यो,’ उनले भने।

समितिले नागरिकको खान पाउने हक र स्वास्थ्य उपचार गर्न पाउने मौलिक हकलाई जुनसुकै अवस्थामा कायम राख्न सरकारलाई निर्देशन दिएको छ।

समितिले राहतको आवश्यकता र अन्य खााले रोग लागेका मानिसलाई उपचारको प्रबन्ध गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

सांसद बालकृष्ण खाँडले कोरोना भाइरस संक्रमणको परीक्षण दायरा बढाउन सरकारसँग आग्रह गरेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया