असोज १९, २०८३ सोमबार October 5, 2026

४३४ सांसद् तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् ।

उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार