असोज १९, २०८३ सोमबार October 5, 2026

प्रधानमन्त्री ओलीको थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटार पुगेको छ।

प्रधानमन्त्रीको सरकारी निवास पुगेर स्वास्थ्य टोलीले थ्रोट स्वाब लिएको छ। थ्रोट स्वाबको पिसिआर टेस्ट भएपछि भाइरसको संक्रमण भएनभएको निश्चित हुने छ।

शुक्रबार सुरु हुने संसदको बजेट अधिवेशनका लागि सबै सांसदको भाइरस संक्रमण परीक्षण भइरहेको छ। धेरै सांसदको स्वाब लिन काम बिहीबार नै सकिएको थियो। शुक्रबार सार्वजनिक भएको रिपोर्टअनुसार ती कुनैपनि सांसदमा भाइरसको संक्रमण देखिएको छैन।

शुक्रबारको संसद बैठकमा संक्रमण नभएको पुष्टि भएका सांसद मात्र उपस्थित हुनेछन्। यसको मतलब प्रधानमन्त्री ओली शुक्रबारको संसद बैठकमा उपस्थित हुने सम्भावना कम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार