वैशाख ४, २०८१ मंगलबार April 16, 2024

आईफोनबाट फोन गर्दा ब्याकग्राउन्डमा सुनिने हल्ला यसरी ब्लक गर्नुहोस्

आईफोन १४ को जुनसुकै मोडेल बोक्ने प्रयोगकर्ताले 'क्रयाश डिटेक्सन' फिचर प्रयोग गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले आईओएस १६.४ अपडेट सार्वजनिक गरेको छ । आईफोन ८ भन्दा माथिका आईफोन सिरिजका लागि ल्याइएको नयाँ अपडेटमा २१ ओटा नयाँ ईमाेजीका साथ अन्य फिचर थपिएका छन् ।

ईमोजीमा पनि विशेषगरी पिङ्क हर्ट, छक्क परेको भाव देखाउने ईमोजी, माउस, वाई-फाईको चिन्ह, हाँगा सहितको गाँजर लगायतका ईमोजी छन् ।

यति मात्र नभइ नयाँ अपडेटमा फोनमा कुरा गरिरहँदा आउने ब्याकग्राउन्ड न्वाइज ब्लक फिचर पनि आएको छ । कम्पनीका अनुसार यसअघिका अपडेटमा भएका कमजोरीलाई नयाँ अपडेटमा सुधार गरिएको छ ।

यस्ता छन् नयाँ अपडेटमा उपलब्ध फिचरहरू:

१) नयाँ ईमोजी

एप्पलले आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ तथा आकर्षक ईमोजीहरू सार्वजनिक गरेको छ । यस्ता छन् कम्पनीले सार्वजनिक गरेका नयाँ ईमोजी:

– हल्लिरहेको अनुहार

– लाइट ब्लु हर्ट

– ग्रे हर्ट

– पिङ्क हर्ट

– पुशिङ ह्यान्ड ईमोजी (दायाँ र बायाँपट्टिका हात)

– मुज (उत्तर अमेरिकामा पाइने ठूलो हरिण)

– गधा

– पखेटा

– कालो चरा

– हाँस

– जेली फिश

– जलकुण्ड

– अदुवाको जरा

– छोडाएको मटरकोसा

– फोल्डिङ ह्यान्ड फ्यान (Folding Hand Fan)

–  हेयर पिक (Hair Pick)

–  माराकस (maracas)

–  मुरली

–  खण्ड (सिख धर्मावलम्बीको चिन्ह)

–  वाई-फाई​

२) वेब एपको नोटिफिकेसन

कम्पनीले सार्वजनिक गरेको नयाँ अपडेटका माध्यमबाट होमस्क्रिनमा राखिएको वेबसाइटको नोटिफिकेसन आउनेछ । उक्त वेबसाइटबाट आएका नोटिफिकेसन डिभाइसको लक स्क्रिन वा नोटिफिकेसन सेक्सनमा देखिनेछन् ।

३) भ्वाइस आइसोलेसन

नयाँ अपडेटले आईफोनको माइक्रोफोनलाई थप परिष्कृत बनाएको छ । अपडेटले उपलब्ध गराएको फिचरमार्फत फोन गरिरहँदा तपाईँको ब्याकग्राउन्डमा सुनिएको न्वाइज ब्लक हुनेछ । अर्थात् फोनमा बोल्ने अर्को व्यक्तिलाई तपाईँले बोलेको प्रस्ट आवाज जानेछ । भ्वाइस आइसोलेसन फिचर इनेबल गरेको खण्डमा तपाईँको ब्याकग्राउन्डमा भएको होहल्ला ब्लक हुनेछ । भ्वाइस रेकर्ड गर्दा पनि यो फिचर प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

४) आईक्लाउडमा भएका डुप्लिकेट फोटो स्वतः हटाउने फिचर

आईओएस १६.४ मा त्यस्तो फिचर आएको छ जसले आईक्लाउडमा भएका डुप्लिकेट अर्थात् एकै प्रकारका दुई फोटो स्वतः हटाउन सक्छ । यसअघि उस्तै देखिने फोटोलाई डुप्लिकेट नामक फोल्डरमा देख्न सकिन्थ्यो । त्यसबाट आफूलाई अनुपयुक्त लागेका फोटो हटाउन सकिन्थ्यो । अब भने यस्ता फोटो स्वतः हट्नेछ ।

५) वेदर एपमा म्याप्सका लागि भ्वाइस ओभर

भ्वाइसओभर यस्तो एक्सेसिबिलिटी फिचर हो जसलाई इनेबल गरेको खण्डमा त्यसले स्क्रिनमा देखिएका टेक्स्ट पढ्छ । त्यती मात्र नभइ स्क्रिनमा के देखिएको छ भन्ने कुरालाई पनि व्याख्या गर्नसक्छ । आँखा कम देख्ने प्रयोगकर्ताका लागि यस्तो फिचर निकै उपयोगी मानिन्छ । एप्पलले भने नयाँ अपडेटमार्फत यस फिचरलाई वेदर एपको म्याप्समा समेत प्रयोग गर्न सकिने बनाएको छ ।

६) क्याश डिटेक्सन फिचरमा सुधार

आईफोन १४ को जुनसुकै मोडेल बोक्ने प्रयोगकर्ताले ‘क्रयाश डिटेक्सन’ फिचर प्रयोग गर्न सक्नेछन् । यसले दुर्घटना भएको अवस्थामा आपतकालीन सहायताका लागि सम्पर्क गर्छ ।

यो फिचरले डिभाइसमा भएको डुअल कोर एक्सेलेरोमिटर प्रयोग गर्छ । जसले २५६ जीएससम्मको जी-फोर्स मापन गर्न सक्छ । यसले गर्दा प्रयोगकर्ता दूर्घटनामा परेको पहिचान हुन्छ ।

एप्पलले आफ्नो एल्गोरिदमलाई लाखौं रियल-वर्ल्ड ड्राइभिङ डेटा र क्रयाश रेकर्ड डेटाबाट तालिम दिएको हुन्छ । त्यही डेटाका आधारमा उक्त फिचरले प्रयोगकर्ता दूर्घटनामा परे नपरेको कुरा पहिचान गर्न सक्छ । यसरी पहिले यो फिचरमा भएका कमजोरीलाई नयाँ अपडेटमा सुधारेको छ ।

७) स्याटलाइट मार्फत इमरजेन्सी एसओएस फिचर 

अस्ट्रिया, बेल्जियम, इटली, लक्जेम्बर्ग, नेदरल्यान्ड र पर्चुगलमा आधारित आईफोन १४ मोडेलका प्रयोगकर्ताले पनि अब इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचर प्रयोग गर्न सक्नेछन् ।

यो फिचरका माध्यमबाट नेटवर्क नटिपेको अवस्थामा पनि आपत्कालीन सहयोगका लाग मेसेज पठाउन सकिन्छ । मेसेज पठाएको १५ सेकेन्डमै सेवा केन्द्रमा हुने व्यक्तिहरूलाई मेसेज जान्छ । उनीहरूको लोकेसनका आधारमा ग्राहक सेवा केन्द्रित उद्धारकर्ता पठाएर उद्धार गरिन्छ । टेकपाना 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया