भाद्र ७, २०८३ आइतबार August 23, 2026

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ ।

२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू २०२१ मा निलम्बन गरिएको थियो। यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो।

मेटाले एक ब्लगमा मेटाका सबै प्लेटफर्महरूमा ट्रम्पका ६० मिलियन भन्दा बढी फलोअरहरू रहेको उल्लेख गर्दै उनका एकाउन्टहरू २०२३ मा पुनर्स्थापित गरिएको भएपनि उनका एकाउन्ट थप निगरानीको अधीनमा रहेकोमा अहिले सबै प्रतिबन्ध हटाइएको जानकारी दिएको छ ।

मेटाले राजनीतिक अभिव्यक्तिलाई अनुमति दिनु आफुहरुको जिम्मेवारी भएको र अमेरिकीहरूले राष्ट्रपति पदका उम्मेदवारहरूबाट सुन्नको लागि समान अवसर पाउनुपर्ने उल्लेख गरेको छ ।

मेटाले भनेको छ- ‘अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुनेछन्, जसमा घृणायुक्त भाषण र हिंसालाई उक्साउने नीतिहरू समावेश छन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न बागमती काँग्रेसको ह्विप
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
२०८३ भाद्र ७, आइतबार