वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

संघीय निजामती सेवा ऐन संसद् अधिवेशनबाटै पारित गरिन्छ : प्रधानमन्त्री दाहाल

संघीय निजामती सेवा ऐन अन्तिम चरणमा रहेको र त्यसलाई छिट्टै संसदमा पेस गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन् । सरकारले सो विधेयकलाई चालु संसद् अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको उनले उल्लेख गरे ।

शनिबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको एक कार्यक्रममा उनले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अरू ऐन नहुँदा संविधानले अंगीकार गरेको मर्म र भावनाअनुसार संघीयता कार्यान्वयन नभएको बताए । अब ती ऐनहरू बनाएर अगाडि जाने विषयमा सरकार दृढ रहेको उनले स्पष्ट पारे ।

संघीय निजामती सेवा ऐन अन्तिम चरणमा रहेको र त्यसलाई छिट्टै संसद्मा पेस गरिने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया